आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

दुई नारी स्रष्टा सम्मानित

नारी साहित्य प्रतिष्ठानले साहित्यकार माया ठकुरी र इल्या भट्टराईलाई जनही रु  १५ हजार  पाँच र सम्मानपत्रले सम्मान गरेको हो ।
नेपाली साहित्यको श्रीवृद्धिमा योगदान गरेबापत नारी साहित्य प्रतिष्ठानले स्थापना गरेको सम्मान साहित्यकार माया ठकुरी र ईल्या भट्टराईलाई प्रदान गर्दै संस्कृतिविद् सत्यमोहन जोशी । तस्वीर : अर्जुन भुसाल ।

काठमाडौं । नेपाली साहित्यको श्रीवृद्धिमा  योगदान गरेवापत दुई  नारी  स्रष्टालाई  आज सम्मान गरिएको  छ ।

नारी साहित्य प्रतिष्ठानले साहित्यकार माया ठकुरी र इल्या भट्टराईलाई जनही रु  १५ हजार  पाँच र सम्मानपत्रले सम्मान गरेको हो । ठकुरीलाई गोमा स्मृति सम्मान र भट्टराईलाई  गोमा स्मृति स्रष्टा  विशेष सम्मानबाट सम्मान गरिएको हो ।

सो अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले साहित्यका माध्यमबाट राष्ट्रलाई योगदान दिन साहित्यकारलाई आग्रह गर्दै नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई अङ्ग्रेजीमा अनुवाद गरेर नेपाली साहित्यलाई अन्तरराष्ट्रियकरण गर्नुपर्नेमा जोड दिए ।

प्रा डा लक्ष्मणप्रसाद गौतमले प्राज्ञ ठकुरीको पाँच दशकको कथायात्राबाट नयाँ पुस्ताले धेरै ज्ञान हासिल गर्न सक्ने बताए । “एउटै विधामा लामो समय टिक्नु नै ठूलो कुरा हो”, उनले भने, “माया ठकुरीका कथाहरु समाजलाई सत्मार्गमा डो¥याउने खालका छन् ।” उनले भट्टराईका नियात्रा कृतिहरुमा यथार्थ रुप पाइएको बताए । “नियात्रा र संस्मरण लेखकहरुले ढाँटेर लेख्ने गरेको पाइन्छ”,  उनले भने, “तर उहाँका कृतिमा मैले कतै पनि ढाँटछल भेटिन ।”

नेपाल–प्रज्ञा प्रतिष्ठान, आख्यान विभाग प्रमुखसमेत ठकुरीले नारी प्रतिष्ठानले गरेको सम्मानले आफूलाई अभैm जिम्मेवार बनाएको र  अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास लिएको बताइन् । साहित्यकार रामप्रसाद दाहालले नारी साहित्यको विकासका लागि राज्यले छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने बताए ।

साहित्यकार भद्राकुमारी घलेले साहित्यका माध्यमबाट समाजमा जागरण ल्याउन आवश्यक रहेको औंँल्याइन् । प्रतिष्ठानका अध्यक्ष गीता कार्कीले नारी साहित्यको विकास र सम्वद्र्धनका लागि संस्थाले रचनात्मक कार्य गर्दै आएको जानकारी दिइन् । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा