बुधबार, १२ बैशाख, २०७५ Wednesday, 25 April, 2018

नेपाली नयाँ वर्षको इभ अवसरमा नेपाल आइडलका फाइनलिस्ट डेनमार्क जाँदै

'आफ्नो देशको कला, संस्कृति र संगित हाम्रा गहना हुन, र यसको जगेर्णा गर्नु हाम्रो कर्तव्य हो'
फोटो: नेपाल म्यूजिक फेष्टिभल डेनमार्क

नेपाल म्यूजिक फेष्टिभल डेनमार्कले नेपाली नयाँ वर्षको इभको अवसरमा अंग्रेजी महिनाको अप्रिल १३  (२०१८) मा डेनमार्कको कोपनहेगनमा पहिलो नेपाल आइडलका बिजेता बुद्ध लामा, फस्ट रनर-अप निशान भट्टराई र सेकेण्ड रनर-अप प्रताप दासको उपस्थितिमा गर्ने भएको छ ।

फाइल फोटो नेपाल आइडलका बिजेता बुद्ध लामा, फस्ट रनर-अप निशान भट्टराई र सेकेण्ड रनर-अप प्रताप दास

नेपाल म्यूजिक फेष्टिभलले डेनमार्कमा स्थानिय स्तरमा निरन्तर रुपमा हरेक महिना सांगितीक कार्यक्रम (jamming) को आयोजना गर्नुका साथै देश र समाजमा हुने हरेक सामाजिक हितका कार्यहरू गर्दै आएको र बर्षको २ पटक आफ्नै ठुला कार्यक्रमहरूको आयोजना पनि गर्ने गरेको आयोजक समितिका सदस्य नविन आचार्यले सञ्चारकर्मीलाई बताए ।

फाइल फोटो नेपाल आइडलका बिजेता बुद्ध लामा

थुप्रै नेपालीहरू बाध्यतावस् आफ्नो देश छाडेर बिदेशी भुमीमा बसोबास गर्न बाध्य भएता पनि 'आफ्नो देशको कला, संस्कृति र संगित हाम्रा गहना हुन, र यसको जगेर्णा गर्नु हाम्रो कर्तव्य हो' भन्ने नाराका साथ यस कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका सदस्य आचार्यले बताए।

फाइल फोटो नेपाल आइडलका फस्ट रनर-अप निशान भट्टराई

आयोजक समितिलेले सम्पुर्ण डेनमार्कवासी नेपालीलाई कार्यक्रममा उपस्थित भई  कलाकारहरूको सम्मान र कार्यक्रमलाई सफल पार्न उपस्थित भई दिनको लागि निमन्त्रणा गरेको छन् ।

फाइल फोटो नेपाल आइडलका  सेकेण्ड रनर-अप प्रताप दास

आयोजक समितिको संयोजक मनोज खड्का छन् भने सदस्यहरु डिमोड डंगोल, महेश कंसकार, सन्तोष  घिमिरे, शंकर लामिछाने, राजेश कुँवर र नविन आचार्य रहेका छन् ।

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा