बिहीबार, ५ असार, २०७६ Thursday, 20 June, 2019

सन्दिग्ध भनिएको ‘ज्वाइँ’को झुण्डिएको अवस्थामा शव फेला 

घटना पारिवारीक कारणले घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनी हत्यामा संलग्न हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

पाँचथर । पाँचथर सामूहिक हत्याकाण्डमा मारिएका बमबहादुर फियाकका ज्वाइँको झुण्डिएको अवस्थामा घटनास्थल नजिकै शव फेला परेको छ । 

मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेकाे घटनास्थलबाट झण्डै साढे एक घण्टाको दूरीमा माखिमको झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

माखिम सोमबार राति विभत्स हत्या गरिएका बमबहादुर फियाकको ज्वाइँ रहेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिमले बताए । प्रहरीका अनुसार माखिमको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । 

घटना पारिवारीक कारणले घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनी हत्यामा संलग्न हुनसक्ने प्रहरीले आशंका गरेको छ । तर, लाका प्रहरी चौकीका प्रहरी निरीक्षक तेजनारायण यादवका अनुसार फियाकको ज्वाइँको हत्याकाण्डमा संलग्नता भए–नभएको खुलेको छैन् ।

हत्याको अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र प्रदेश–१ प्रहरी कार्यालयको टोली तालीमप्राप्त कुकुरसहित घटनास्थल पुग्न लागेको प्रहरी निरीक्षक यादवले बताए । 

उक्त विभत्स हत्यामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू मारिएका छन् ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा