आइतबार, २९ भदौ, २०७६ Sunday, 15 September, 2019

७८ लाख घूस लिएका अख्तियारका पूर्व आयुक्त पाठक धरौटीमा रिहा

विशेष अदालतले बुधबार (आज) उनलाई ७८ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनले नेपाल–बंगलादेश बैंकको बैंक ग्यारेन्टी राखेर रिहा भएका हुन् ।

काठमाडौं । ७८ लाख घूस लिएको भिडियो सार्वजनिक भएपछि पद त्यागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतले बुधबार (आज) उनलाई ७८ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनले नेपाल–बंगलादेश बैंकको बैंक ग्यारेन्टी राखेर रिहा भएका हुन् ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजालसले उनलाई बयान लिएको  थिए ।

भ्रष्टाचार आरोपपछि फरार रहेका पाठक बुधबार (आज) बिहान विशेष अदालतमा हाजिर भएका थिए । पाठकलाई घूस दिने चाँगुनारायण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने भने अझै फरार छन् ।

अख्तियारले गत चैत १२ गते उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरको थियो । अभियोगपत्रमा पाठकविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारवाही माग गरिएको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा