आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

संसद्मा प्रधानमन्त्री र नेपाली कांग्रेसबीच हंगामा ! [भिडियो]

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिँदा प्रधानमन्त्रीले प्रयोग गरेको शब्दले संसदको गरिमा घटाएको भन्दै कांग्रेसले हंगामा गरेका हुन् ।

काठमाडौं । प्रधानमन्त्रीबाट संसदको गरिमा कायम नभएको भन्दै नेपाली कांग्रेसले आजको प्रतिनिधि सभाको बैठकमा हंगामा गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिँदा प्रधानमन्त्रीले प्रयोग गरेको शब्दले संसदको गरिमा घटाएको भन्दै कांग्रेसले हंगामा गरेका हुन् ।

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सांसदले उठाएका प्रश्नलाई ’आक्रोश, निम्छरा र कुण्ठा अभिव्यक्ति’ भन्ने प्रधानमन्त्री अन्त कहाँ पाइएला? भन्दै लोकतन्त्रमा संसदको गरिमा कायम नभएको बताए । उनले भने, ‘यो लोकतन्त्र होइन । यो भन्दा नराम्रो काम संसदीय अभ्यासमा हुन सक्दैन । हामी जनतामाझ जान्छौँ ।’ सभामुख महराले पटक–पटक सांसदलाई आसन ग्रहण गर्न आग्रह गरेका थिए ।

सभामुखको आग्रह अटेर गर्दै विपक्षी सांसदले उभिएर विरोध गरेपछि प्रधानमन्त्रीले प्रश्न गर्ने सांसद्को अधिकारको विषय भएको उल्लेख गर्दै मर्यादित ढङ्गबाट प्रश्न गर्न पाइने बताए । उनले भने, “अमर्यादित शब्द बोल्न पाइँदैन, प्रश्नको सीमा र मर्यादा हुनुपर्छ ।” कांग्रेस सांसदको विरोध बढ्दै गएपछि प्रधानमन्त्रीले पुनः भने, “प्रश्नको जवाफ चाहिएको छ कि छैन ? म यहाँ जवाफ दिन उभिएको हो ?” 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा