बिहीबार, १२ असार, २०७६ Thursday, 27 June, 2019

अस्पताल निर्माणार्थ महायज्ञबाट करिव ११ करोड संकलन

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले ५० शैयाको सुबिधासम्पन्न आधुनिक अस्पताल निर्माण गर्ने उदेश्यले आयोजीत महायज्ञमा दश करोड ७७ लाख ४२ हजार ६५८ सहयोग संकलन भएको हो ।
फोटो : भोजराज कार्की

सोलुखुम्बु । सामुदायिक अस्पताल निर्माणका लागि आयोजीत श्रीमत भागवत ज्ञान महायज्ञमा दश करोड बढी सहयोग संकलन भएको छ ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले ५० शैयाको सुबिधासम्पन्न आधुनिक अस्पताल निर्माण गर्ने उदेश्यले आयोजीत महायज्ञमा दश करोड ७७ लाख ४२ हजार ६५८ सहयोग संकलन भएको हो ।

दाताहरुले नगद, चेक हस्तान्तरण गरेका छन् भने धेरैले प्रतिबद्धता समेत जनाएका छन् । गाउँपालिकाको केन्द्र मुक्लिमा अस्पताल निर्माणार्थ आवश्यक २० करोड लगानी जुटाउने लक्ष्यसहित गत चैत्र २ देखि ९ गतेसम्म महायज्ञ आयोजना गरिएको  हो ।

अस्पताल निमाणार्थ सञ्चालन महायज्ञमा ९३ लाख खर्च भएको र  दश करोड ७७ लाख ४२ हजार ६५८ सहयोग संकलन भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । उनले महायज्ञबाट २० करोड संकलन गर्ने लक्ष्य ५० प्रतिशत पुरा भएको बताए । उनले भने, ‘महायज्ञबाट ५० प्रतिशत लक्ष्य पुरा भएपनि सहयोग संकलन अभियान निरन्तर जारी रहेको छ ।’

Image may contain: 5 people, people sitting

अध्यक्ष राईले अस्पताल निर्माण योजना २ बर्षको भएपनि निर्धारित समय अगाडीनै योजना सम्पन्न गर्ने दावी गरे । आर्थिक संकलन संगै धार्मिक सहिष्णुता कायम राख्नको लागि महायज्ञ सफल भएको बताए ।

सोलुखुम्बु प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले महायज्ञले सामाजिक सद्भाव बृद्धिमा पनि भूमिका खेलेको बताए । समापन समारोहमा बोल्दै सांसद राईले अस्पताल सञ्चालमा आएपछि हुँदा खाने बर्गलाइ नै फाइदा हुने बताए । उनले अस्पताल सञ्चालनको लागि कुनैपनि कञ्जुस्याँई नहुने प्र्रतिबद्धता व्यक्त गरे 

गत चैत २ गते उपप्रधान एवम् रक्षा मन्त्रि इश्वर पोखरेलले महायज्ञको उद्घाटनसँगै अस्पताल भवन निर्माणको शिलान्यास गरेका थिए । अस्पताल निर्माणका लागि आवश्यक करिब २३ रोपनी जग्गा निशुल्क रजिष्टेशन भइसकेको  गाउँपालीकाले बताएको ।

Image may contain: outdoor५० शैयाको सुबिधासम्पन्न आधुनिक दुधकोशी सामुदायिक अस्पतालको प्रस्तावित भवनको नक्शा

जिल्लाको स्वास्थ्य अवस्था 

सोलुखुम्बु जिल्लामा एक अस्पताल, २ प्राथमीक स्वास्थ्य केन्द्र सहित अन्य दुईदर्जन बढी स्वास्थ्य केन्दहरु्र छन । जटिल प्रकृतिको रोगको उपचार गर्नको लागि लाखौँ खर्च गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।

विशेषज्ञ चिकित्सकको दरबन्दि भएपनि प्रयाप्त श्रोत साधानको अभावमा जटिल प्रकृतिको रोगको उपचार गर्न जिल्लाबाहिर जानुपर्ने अवस्था रहेको चिकित्सकको भनाई छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा