बिहीबार, ५ बैशाख, २०७६ Thursday, 18 April, 2019

राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

राजपाको हरेक दुई महीनामा संयोजक फेरिने प्रावधानअनुसार भण्डारी संयोजक बनेका हुन् । 

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी चुनिएका छन् ।

राजपाको हरेक दुई महीनामा संयोजक फेरिने प्रावधानअनुसार भण्डारी संयोजक बनेका हुन् । 

राजपा अध्यक्ष मण्डलको यही गत फागुन २९,३० र चैत १ गते बसेको बैठकले भण्डारीलाई चैत ६ देखि संयोजक बनाउने निर्णय गरेबमोजिम नेतृत्व दिइएको राजपाका महासचिव केशव झाले जानकारी दिए । 

विसं २०७४ वैशाख ७ गते विभिन्न मधेश केन्द्रीत राजनीतिक दल एकीकृत भई गठन भएको राजपामा अध्यक्ष मण्डलका सदस्य ६ जना छन् । उनीहरुमध्ये पालैपालो संयोजक बन्ने गरेका छन् । पार्टीका महाधिवशेनले नेतृत्व चयन गर्नेछ । आगामी वैशाख ७, ८ र ९ गते राजपाको पार्टी एकताको महाधिवेशन हुँदैछ । 

यसअघि राजपा अध्यक्ष मण्डलको संयोजकमा नेता महेन्द्र राय यादव हुनुहुन्थ्यो । यसपछि अध्यक्षमण्डलका अन्य सदस्य अनिल झा र राजकिशोर यादव क्रमश संयोजक बन्नेछन् । पार्टी एकीकरण घोषणापछि महन्थ ठाकुर करीब १८ महीना अध्यक्ष मण्डलको संयोजक बन्नुभएको थियो । उनीपछि राजेन्द्र महतोले जिम्मेवारी सम्हालेका थिए । रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा