बिहीबार, १२ असार, २०७६ Thursday, 27 June, 2019

नेपाल चौथोपटक साफ महिला च्याम्पियनसिपको फाइनलमा 

बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित हासिल गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

विराटनगर । नेपाल श्रीलंकामाथि शानदार जित हासिल गर्दै चौथोपटक साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित हासिल गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

नेपालले खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरले गरेको पहिलो गोलले खेलमा अग्रता लिएको थियो । त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेत, ८२ औं मिनेटमा सावित्रा भण्डारी र ८६ औं मिनेटमा रेखा पौडेलको लगातार गोलले नेपालको जीत सुनिश्चित भएको थियो ।

नेपालले फाइनलमा भारत र ब‌गंलादेशबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा