बिहीबार, ५ बैशाख, २०७६ Thursday, 18 April, 2019

न्यूजिल्यान्ड मस्जिद आक्रमण : मृतकको संख्या ५० पुग्यो, २० भन्दा बढी घाइते 

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री जेसिन्डा आर्डर्नले अहिलेसम्म स्थिति स्पष्ट नभएको बताएकी छन् ।

एजेन्सी । न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा मृत्यु हुनेको संख्या ५० पुगेको छ । अन्य २० भन्दा बढी गम्भीर घाइते भएका छन् ।

बन्दुकधारीकाे आक्रमणमा मारिएका अर्का एकजनाकाे शव फेला परेपछि मृतककाे संख्या ५० पुगेकाे हाे ।

प्रधानमन्त्री जेसिन्डा आर्डर्नले घटनालाई 'आतंककारी आक्रमण'को संज्ञा दिँदै न्यूजिल्यान्डकाे इतिहासमा आजको दिनलाई ‘कालो दिन’ भएको बताएकी छन् ।

हिरासतमा लिइएको आक्रमणमा संलग्न एक महिलासहित चार जना यसअघि सुरक्षा खतराको सुचिमा नरहेको बताएकी छन् । उनले भनिन्,' राष्ट्रिय सुरक्षामा खतराको स्तर एक्कासी उच्च भएको छ ।’

प्रहरी प्रमुख माइक बुशले एक महिलासहित चार जनालाई हिरासतमा लिइएको बताए पनि अरू व्यक्ति संलग्न भए वा नभएको स्पष्ट नभएको बताएका छन् ।

प्रत्यक्षदर्शीहरूले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका छन् ।

एकजना प्रत्यक्षदर्शीले फेसबुकमा लेखेका छन्, 'बिजुलीको झट्का होला भन्ठानेका थियौँ । तर, त्यसपछि सबै मानिसहरू भाग्न थाले । मेरा केही साथीहरू अझै भित्रै छन् । मैले साथीहरूलाई फोन गर्ने प्रयास गरेँ।, तर धेरैसँग सम्पर्क भएको छैन। मलाई साथीहरूको पीर लागेको छ ।’

घटनामा कति आक्रमणकारी थिए भन्ने कुरा स्पष्ट भइसकेको छैन। तर, न्यूजिल्यान्ड हेराल्ड पत्रिकाका अनुसार एक बन्दुकधारी अस्ट्रेलियाका नागरिक हुन् जसले आप्रवासीहरूविरुद्ध लेखेका छन् । सरकारले मानिसहरूलाई अर्को सूचना नआएसम्म मस्जिदमा नजान भनेको छ र सबै विद्यालयहरूको ढोकामा ताल्चा मारिएको छ । 

आक्रमणकारीले भिडिओ खिच्दै मानिस मारेको भनि फेसबुकमा सार्वजनिक भिडियो फेसबुकले हटाइदिएको छ ।

बाङ्ग्लादेशी क्रिकेट टोली जोगियो’
बाङ्ग्लादेशी टेस्ट क्रिकेट टोलीका कप्तानले आफू सो आक्रमणबाट जोगिएको भन्दै ट्वीट गरेका छन् । आक्रमण हुँदा बाङ्ग्लादेशी टोलीका सदस्यहरू अल नूर मस्जिदमा थिए ।

बाङ्ग्लादेशी क्रिकेट बोर्डले टोलीका सबै जना सुरक्षित रूपमा होटल फर्किसकेका र आफ्नो सम्पर्कमा रहेका जनाएको छ । सो घटनाप्रति सामाजिक सञ्जालमा धेरैले दुस्ख व्यक्त गरेका छन् ।

'मुस्लिम्ज इन न्यूजिल्यान्ड’को फेसबुक पेजमा समवेदनाको ओइरो लागेको छ । 
अन्तिम अपडेड: शुक्रबार, १ चैत, २०७५, २ बजेर १५ मिनेटमा

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा