सोमबार, ५ कार्तिक, २०७५ Monday, 22 October, 2018

नेपाली हरर फिल्म ‘सुनकेसरी’को डरलाग्दो ‘ट्रेलर’ सार्वजनिक

नायकबिहीन ट्रेलरमा मुटु नै काप्ने डरलाग्दा दृष्यहरु देखाइएको छ

काठमाडौं, ८ चैत । नेपाली हरर फिल्म ‘सुनकेसरी’को ‘ट्रेलर’ सार्वजनिक भएको छ ।

नायीका ऋचा शर्मा अभिनित फिल्म ‘सुनकेसरी’को २ मिनेट १६ सेकेन्ड लामो ट्रेलर बिहीबार (आज) यूट्यूवमा सार्वजनिक गरिएको हो ।

नायीका शर्मा कै निर्माण र अभिनय रहेको फिल्म सुनकेसरीको लेखन तथा निर्देशन अर्पण थापा गरेका हुन् । आज सार्वजनिक भएको नायकबिहीन ट्रेलरमा मुटु नै काप्ने डरलाग्दा दृष्यहरु देखाइएको छ भने कुनैपनि गीत–संगीत देखाइएको छैन् ।

रहस्यमय हरर फिल्म सुनकेसरीमा सन्नी ढकाल, रविन्द्र झा, सुनील पराजुली, प्रेरणा थापा र विदेशी कलाकार लाउरेन लोफबर्गको समेत अभिनय हेर्न पाइने छ ।

‘ट्रेलर’ हेर्नुस्

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा