शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

फेसबुकले के–के परिवर्तन गर्दैछ ? नयाँ नीतिको मुख्य ६ बुँदा

सबैभन्दा पहिले यस्तो विशेषता ल्याउँदै छ, जसले तपाईंको सुचना तथा जानकारीको कसैले गलत प्रयोग गरेको छ की छैन् भन्ने भन्ने जानकारी दिनेछ

काठमाडौं–राजनीतिक लाभका लागि ‘केम्ब्रिज एनालिटिका’ले गलत तरिकाले फेसबुक प्रयोगकर्ताहरूको सूचना लिएको प्रकरणमा फेसबुक स्संस्थापक माकै जकरबर्गले माफी माग्नुपर्‍यो ।

उनले सबैसँग माफी माग्दै तेस्रो पक्षको एपमार्फत फेसबुक प्रयोगकर्ताको जानकारी लिनसक्ने कुरामा कडाइ गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । ती प्रतिबद्धताअनुसार उनले फेसबुकमा प्रयोगकर्ताहरुको 'डाटा' सुरक्षित राख्न ब्यापक हेरफेर गर्दैछन् ।


के हो तेस्रो पक्षको एप्लिकेशन ?

हामी मोबाइल वा कम्प्युटरमा कुनैपनि नयाँ 'एप्लिकेशन' जस्तै 'गेम', भविष्यमा के बन्ने ? तपाईंको नजीकको शाथी को–को छन् ? केटि भएको भए कस्तो हुन्थ्यो जस्ता अनेकौँ 'एप्लिकेशन फेसबुक'मार्फत खोलिरहेका हुन्छौँ । 

त्यस्तै, अन्य 'एप्लिकेशन'हरु 'लग–इन' गर्न फेसबुक, जिमेललगायतका 'अप्सन्स' राखिएको हुन्छ र हामी फेसबुकमार्फत ती एप्सहरु लग इन गछौँ । ती एप्स लग इन गर्नुपूर्व हामीसँग ती एप्सहरुले अनुमती (एक्सेस्) मागेका हुन्छन् । ती अनुमतीमा तपाईंका कुन–कुन सुचनासम्म उनीहरुको पहुँच हुन्छ भनेर तोकीएको हुन्छ । तर, हामी ती अनुमती नपढी ओके गछौँ र एप्स खुल्छ । यिनै एप्लिकेशनलाई गोपनियताको सुरक्षामा 'थर्ड पार्टी' अर्थात  तेस्रो पक्ष भनिन्छ ।

तपाईंले फेसबुकमार्फत जतिपनि एप्लिकेशन ओको गर्नुभयो ती सबै एप्लिकेशनमार्फत तपाईंको सुचना तथा जानकारीसम्म उनीहरुको सजिलै पहुँच रहन्छ । यहाँसम्म की तपाईंले कस्तो इन्टरनेटमा के –के हेर्नुभयो ? तपाईँको मोबाइल ग्यालरीमा कस्ता–कस्ता फोटोहरु छन् ? तपाईंले कहाँ–कहाँ फोन गर्नुभयो आदि ? यतिसम्म की तपाईंलाई के मनपर्छ के मनपर्दैन उनीहरुले सजिलै अनुमान लगाउन सक्छन् ।

 
के गर्दैछ त फेसकुबका संस्थापक जकरबर्ग ?

फेसबुकले आफ्नो गोपनियताको नीतिमा प्रयोगकर्ताहरुका ती सबै जानकारी दुरुपयोग नगर्ने र सुरक्षित राख्ने बताइएको छ । तर, लाई शैक्षिक प्रयोजनको लागि प्रयोगकर्ताको जानकारीसम्म पहुँच दिएपछि उसले विश्वसधात गरी ती डाटा दुरुप्रयोग गरेको स्वयम जकरबर्गले स्वीकारीसकेका छन् । जकरबर्गले यो पनि स्वीकारेका छन् की फेसबुकले आफ्नै नीति विपरीत काम गरेको छ ।

भविष्यमा यस्तो त्रुटी नहोस् भन्दै जकरबर्गले फेसबुकको नीतीमा ६ वटा महत्वपूर्ण कदम चालिने बताएका छन् ।

फेसबुकले सबैभन्दा पहिले यस्तो विशेषता ल्याउँदै छ, जसले तपाईंको सुचना तथा जानकारीको कसैले गलत प्रयोग गरेको छ की छैन् भन्ने भन्ने जानकारी दिनेछ ।
 

१) प्लेटफर्म रिव्यू
फेसबुकले ती सबै एप्सको जाँच गर्नेछ जसले सन् २०१४ भन्दा पहिले प्रयोगकर्ताको डाटा संग्रह गरेको थियो । यसको लागि फेसबुकसँग लिंक भएको एप्समाथि निगरानी बढाइने र शंका लागेमा ती एप्सहरुमाथि फेसबुकलेृ प्रतिवन्ध लगाउने छ ।

२) डाटाको गलत प्रयोगबारे प्रयोगकर्तालाई जानकारी
प्रयोगकर्ताहरुलाई ती एप्लिकेशनका बारेमा जानकारी दिइने छ जसले उनीहरुको डाटा गलत तरिकाले प्रयोग गरिरहेका छन् ।  सबै फेसबुक प्रयोगकर्ताहरुलाई डाटाको गलत प्रयोग गर्ने एप्लिकेशनमाथिका प्रतिवन्धबारे पनि जानकारी दिइने छ ।

३) प्रयोगविहिन एप्लिकेशनको पहुँच बन्द गरिने
यदि कुनै प्रयोगकर्ताले पछिल्लो तीन महिनासम्म फेसबुकमार्फत कुनै एप्लिकेशन नचलाएमा ती एप्लिकेशनको फेसबुकसम्मको पहुँच बन्द गरिने छ । जसबाट प्रयोगकर्ताको जानकारी ती एप्लिकेशनले लिन पाउने छैनन् ।

४) फेसबुक लगइन डाटा अझै मजबुत गरिने
फेसबुक लग–इन गर्ने तरिकामा केहि परिवर्तन हुनेछ । अब आउने फेसबुकको नयाँ भर्सनमा फेसबुकमार्फत प्रयोगकर्ताले चलाउने एप्लिकेशनले रिव्यू विना प्रयोगकर्ताको डाटा माग गर्न सक्ने छैनन् । सामान्य जानकारी नाम, प्रोफाइल फोटो र इमेलमात्रै लिन पाउने छन् । यदि त्यो बाहेक एप्लिकेशनले प्रयोगकर्तासँग अन्य जानकारी मागेमा फेसबुकसँग स्वीकृति लिनुपर्नेछ ।

५) प्रयोगकर्तालाई एप्लिकेशन व्यवस्थापनको लागि सुझाव
प्रयोगकर्ताले आफ्नो फेसबुक अकाउन्टसँग कतिवटा एप्लिकेशन जोडिएको छ र ती एप्लिकेशनमार्फत आफ्ना कुन–कुन जानकारीहरु शेयर भएका छन् र ती जानकारीलाई कसरी व्यबस्थापन गर्ने भन्ने सुझाव फेसबुकबाट पाउने छन् ।
 
६) फेसबुकमा त्रुटी भेटाउनेलाई पुरस्कार दिइने
फेसबुक बग बाउन्टी कार्यक्रमको दायरा फराकीलो बनाइनेछ । एप्लिकेशन निर्माणमार्फत एप्लिकेशनमार्फत प्रयोगकर्ताको डाटालाई गलत तरिकाले प्रयोग गरिएको जानकारी फेसबुक हेडक्वार्टरलाई दिइने सकिने छ । जसबाट उजुरीकर्तालाई उचित पुरस्कार दिइने घोषणसमेत गरिएको छ ।

गल्ती स्वीकार्दै जकरबर्गले भने–फेसबुकमा भएका गल्तीमा जिम्मेवार हुनेछु 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा